Bizmandu
www.bizmandu.com

अग्नि टु ह्विलरको शोरुम परासी बजारमा, सेल्स,सर्भिस र स्पेयर पार्टससहितको सेवा पाइने

अग्नि टु ह्विलरको शोरुम परासी बजारमा, सेल्स,सर्भिस र स्पेयर पार्टससहितको सेवा पाइने


 काठमाडौं।महिन्द्रा टु ह्विलरको आधिकारिक बिक्रेता अग्नि मोटो इन्कको डिलर वारिस अटोमोबाइल्सले परासी बजारमा शोरुम संचालनमा ल्याएको छ।



कम्पनीले सेल्स,सर्भिस र स्पेयर पार्टससहितको सेवा दिने उदेश्यले सहित यो शोरुम स्थापना भएको हो।शोरुम स्थापनापछि त्यस क्षेत्रका ग्राहकले सर्वसुलभ रुपमा सेवा पाउने कम्पनीले जनाएको छ।कम्पनीले सवारी बिक्री मात्रै नभर्इ ग्राहकको सेवालार्इ प्राथमिकता राखेर सर्वसुलभ रुपमा स्पेयर पार्टस उपलब्ध गराउने उदेश्य समेत लिएको जनाएको छ।