धिमेको धुनले मध्यपुर थिमि गुलजार: सिन्दुरले रङ्गियो बालकुमारी, बोडेमा छेडियो जिब्रो

समर्थ रञ्जित
२०८१ बैशाख २ गते १५:४५ | Apr 14, 2024
धिमेको धुनले मध्यपुर थिमि गुलजार: सिन्दुरले रङ्गियो बालकुमारी, बोडेमा छेडियो जिब्रो

भक्तपुर : मध्यपुर थिमिमा आज सिन्दुर जात्रा मनाइएको छ। स्थानीय भाषामा सुथ: सिया जात्रा समेत भनिने यो पर्वमा विभिन्न देवी-देवताका मूर्तिलाई खटमा राखी आज नगर परिक्रमा गराइएको हो।

Tata
GBIME
NLIC

नेवारहरूले सिन्दुरका रूपमा लिने भुइ सिन्ह एकआपसमा लगाएर सिन्दुर जात्रा मनाइएको हो। सौर्य मास अन्तर्गत नयाँ वर्षको स्वागत गर्दै बैशाख २ गते मध्यपुर थिमिको थिमि बोडे, नगदेश, तिगनी लगायतका स्थानमा समेत सिन्दुर जात्रा मनाइएको हो।

बिहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको मनाइन्छ। बालकुमारीमा सबै खट भेला गराएपछि त्यहाँको माहोल नै विशेष बन्छ।

यस्तै, मध्यपुर थिमिकै बोडेमा मे प्वा खनिउ जात्रा’ (जिब्रो छेड्ने जात्रा) पनि मनाइएको छ।