रोमाञ्चक बन्दै प्रिमियर लिग : ब्राइटोनमाथि सिटीको जित, शीर्ष स्थानको आर्सनललाई ‘थ्रेट’

बिजमाण्डू
२०८१ बैशाख १४ गते ०७:०८ | Apr 26, 2024
रोमाञ्चक बन्दै प्रिमियर लिग : ब्राइटोनमाथि सिटीको जित, शीर्ष स्थानको आर्सनललाई ‘थ्रेट’
म्यानचेस्टर सिटीका लागि गोल गर्दै केभिन डी ब्रुइना। तस्बिर: रोयटर्स

प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्राइटोनलाई हराएको छ। फाल्मर स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोलीमाथि ४-० गोलको सहज जित निकालेको हो।

Tata
GBIME
Nepal Life

खेलको १७ औँ मिनेटमै केभिन डी ब्रुइनाको गोलमा सिटीले अग्रता बनाएको थियो। दोस्रो र तेस्रो गोल फिल फोडेनले २६ र ३४ औँ मिनेटमा गरे। पहिलो हाफमा तीन गोलले अघि रहेको सिटीका लागि चौथो गोल जुलियन अल्भारेजले ६४ औँ मिनेटमा गरे।

सिटीको जितसँगै शीर्षस्थानको होड थप रोमाञ्चक बन्दै गएको छ।

शीर्षस्थानको आर्सनलले ३४ खेलबाट ७७ अंक बनाउँदा दोस्रो स्थानको सिटीले ३३ खेलबाट ७६ अंक बनाएको छ। यो होडमा बलियो दाबेदारी दिइरहेको लिभरपुर अघिल्लो खेलमा एभर्टनसँग स्तब्ध हुँदा प्रतिस्पर्धामा कमजोर देखिएको छ। यसको बावजुत ३४ खेलबाट ७४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा कायम छ।

सिटीसँग हार ब्यहोरेको ब्राइटोन भने ४४ अंक बनाएर तालिकाको ११ औँ स्थानमा छ।