भृकुटीमण्डपमा सुरु भयो हिमालयन हाइड्रो एक्स्पो, ऊर्जा क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन जोड

बिजमाण्डू
२०८१ बैशाख १३ गते १३:५९ | Apr 25, 2024
भृकुटीमण्डपमा सुरु भयो हिमालयन हाइड्रो एक्स्पो, ऊर्जा क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हिमालयन हाइड्रो एक्स्पो २०२४ को औपचारिक उद्घाटन गरेका छन्। बिहीबार भृकुटीमण्डपमा उनले एक्स्पोको उद्घाटन गरेका हुन्।

Tata
GBIME
Nepal Life

सो समारोहमा उनले नेपाल विद्युत आयात गर्ने देशबाट विद्युत निर्यात गर्ने देशको रुपमा परिणत हुनु महत्वपूर्ण रहेको बताएका थिए। नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत भारतमा बिक्री गर्ने सम्झौता गरिसकेको उल्लेख गर्दै उनले ऊर्जा क्षेत्रमा थप लगानी हुनेमा आफू आशावादी रहेको बताए।

‘सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको संलग्नताबाट विद्युत उत्पादनको लागि राखिएका लक्ष्य हसिल हुन सम्भव छ,’ उनले भने।

हरित ऊर्जा विकासमा स्वदेशी र विदेशी सबै लगानीकर्ता एकजुट भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो।

यस्तै, सो कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री शक्ति बहादुर बस्नेतले जलविद्युतबाट विकासको धेरै सम्भावना रहेकोले त्यही नै नेपालको उन्नतीको महत्वपूर्ण आधार रहेको बताएका थिए

‘आगामी १२ वर्षभित्र २८ हजार ७०० मेगावाट विद्युत उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको र यो महत्वाकांक्षीजस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको हो,’ उनले भने ।

उनले पनि ऊर्जा क्षेत्रमा वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकता रहेकोमा जोड दिए। सो अवसरमा उनले विद्युत विद्येयक चाँडो भन्दा चाँडो पारित भएर कार्यान्वयनमा आउने विश्वास व्यक्थ गरे।

नयाँ जलविद्युत परियोजना विकासको लागि नयाँ विद्युत ऐनले सहजीकरण गर्ने र त्लयसलेगानी अझ बढेर जाने उनको मत छ।

‘परियोजनाको लागि जग्गा प्राप्ति, वन र अन्य प्रक्रियागत विषयमा पनि सरकारले अझ सहजीकरण गर्दै जानेछ,’ बस्नेतले भने।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले १३ खर्ब रुपैयाँ जलविद्युत आयोजनामा लगानी भइसकेको भन्दै आर्थिक वृद्धि र रोजगारी सिर्जनामा ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका खेलिरलेको बताए।

‘ ५ लाख भन्दा धेरै नागरिकले रोजगारी पाइरहेको छन’ उनले भने। एक्स्पोले आसन्न लगानी सम्मेलनको लागि पनि सहयोग पुग्ने उनको विश्वास छ।