
काठमाडौं । थाइल्याण्डको नयाँ वर्षको अवसरमा काठमाडौंको होटल र्याडिसनमा थाइ फुड फेस्टिभल भएको छ। रोयल थाइ एम्बेसीसँगको सहकार्यमा फेस्टिभल आयोजना गरिएको हो।
९ दिन मनाइने उत्सवको उद्घाटन थाइ राजदूत सुवापोङ सिरिसोर्न र होटलका महाप्रबन्धक सुब्रत बनर्जीले गरेका गरे।

फेस्टिभलको सुरुवात गर्दै राजदूत सिरिसोर्नले सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे। थप सहकार्यका लागि तत्पर रहेको पनि उनले बताए।
फेस्टिभलमा विभिन्न थाइ परिकारको स्वाद लिन पाइनेछ।









