टियागो इभी किन्न नबिल बैंकले ९.९९% ब्याजदरमा कर्जा दिने, सिप्रदी ट्रेडिङले गर्‍यो सम्झौता

बिजमाण्डू
२०८१ बैशाख १३ गते १९:२० | Apr 25, 2024
टियागो इभी किन्न नबिल बैंकले ९.९९% ब्याजदरमा कर्जा दिने, सिप्रदी ट्रेडिङले गर्‍यो सम्झौता
नबिल बैंक र सिप्रदी ट्रेडिङका प्रतिनिधि सम्झौता देखाउँदै

काठमाडौं। टाटाको टियागो इभी किन्न चाहनेलाई नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने भएको छ। यस सम्बन्धमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बिहिबार नबिल बैंकसँग सम्झौता गरेको छ।

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार टियागो इभी खरिद गर्न चाहनेले नबिल बैंकका देशभरका जुनसुकै शाखामार्फत ८० प्रतिशतसम्म सहजै कर्जा पाउनेछन्। कर्जाको ब्याजदर ९.९९ प्रतिशत तोकिएको छ।

टियागो इभी नेपाली बजारमा १,६०० भन्दा बढी बिक्री भइसकेको छ। यो गाडी अहिले ५.२९ लाख डाउनपेमेन्टमा बजारमा उपलब्ध छ।