पुराना गाडीसँग नेक्सन म्याक्स साट्ने अवसर, टाटा मोटर्सको म्याक्सचेञ्ज मेला वैशाख १४ देखि

बिजमाण्डू
२०८१ बैशाख ११ गते १७:०१ | Apr 23, 2024
पुराना गाडीसँग नेक्सन म्याक्स साट्ने अवसर, टाटा मोटर्सको म्याक्सचेञ्ज मेला वैशाख १४ देखि

काठमाडौं। नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले म्याक्सचेञ्ज मेला गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले यही वैशाख १४ देखि १६ गतेसम्म टाटा मोटर्सको सोरुम थापाथलीमा मेला आयोजना गर्न लागेको हो।

अत्याधुनिक सवारीप्रति ग्राहकको रुचीलाई मध्यनजर गरी मेलाको आयोजना गर्न लागेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्त‍िमा उल्लेख छ।

मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटाको नेक्सन म्याक्स साट्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार मेलामा टाटा नेक्सन इभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ राखिएको छ।