निर्जीवन बीमा कम्पनीले संकलन गरे ३० अर्ब १५ करोड प्रिमियम, कसको व्यवसाय कस्तो ?

बिजमाण्डू
२०८१ बैशाख १३ गते १८:२७ | Apr 25, 2024
निर्जीवन बीमा कम्पनीले संकलन गरे ३० अर्ब १५ करोड प्रिमियम, कसको व्यवसाय कस्तो ?

काठमाडौं। निर्जीवन बीमा कम्पनीको व्यवसाय सामान्य घटेको छ। चालु आर्थिक वर्ष ९ महिनामा लघुसहित निर्जीवन बीमकले ३० अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

Tata
GBIME
Nepal Life

चालु वर्ष तेस्रो त्रैमाससम्म १४ बीमा कम्पनीले २९ अर्ब ९९ करोड रुपैयाँ शुल्क संकलन गरेका छन्। पोहोर ९ महिनाको तुलनामा यो रकम ०.०६ प्रतिशत कम हो।

पोहोर ९ महिनामा कम्पनीहरुले ३० अर्ब १ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

चालु वर्ष चैतसम्म लघु बीमकले १५ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांक छ।

लघु बिमा कम्पनीका कारण जारी पोलिसी संख्या भने केही बढेको छ। यो वर्ष २२ लाख ६२ हजार पोलिसी जारी गरिएको छ। यो संख्या पोहोर ९ महिनामा २१ लाख ६६ हजार थियो।

समग्रमा व्यवसाय घटेको देखिएपनि १० कम्पनी भने व्यवसाय बढाउन सफल भएका छन्। शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ४ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले १.७० प्रतिशतले व्यवसाय बढाएको हो।

सबैभन्दा कम नेसनल इन्स्योरेन्सले ८७ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। कम्पनीले १४.५२ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ।

४ कम्पनीको व्यवसाय घटेको छ। राष्ट्रिय बीमा कम्पनीको व्यवसायमा सबैभन्दा धेरै गिरावट आएको छ।

कम्पनीले गत वर्ष ९ महिनामा १ अर्ब ९९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकामा यो वर्ष त्यो रकम १ अर्ब ३० करोडमा सीमित भएको छ। उसको व्यवसाय ३४.५२ प्रतिशतले घटेको हो।

व्यवसाय युनाइटेड इन्स्योरेन्सको १७.४५, सिद्धार्थ प्रिमियरको १३.७८ र नेपाल इन्स्योरेन्सको ०.४८ प्रतिशतले घटेको तथ्यांक छ।

निर्जीवन बीमा कम्पनीले चालु वर्ष तेस्रो त्रैमाससम्म संकलन गरेको प्रिमियम (रु लाखमा)

बीमा कम्पनीप्रिमियम रकम
चालु वर्ष चैतसम्म
प्रिमियम रकम
गत वर्ष चैतसम्म
फरक %
शिखर ४२२५५.५६४१५४८.५७१.७०
सगरमाथा लुम्बिनी३५३३०.३३३४८१३.०७१.४९
सिद्धार्थ प्रिमियर२८९०४.५७३३५२५.१६-१३.७८
हिमालयन एभरेष्ट२५४८९.७३२२९४९.२८११.०७
आइजीआई प्रुडेन्सियल२६४०२.९८२४६७३.३४७.०१
नेको २३९३९.८५२२६३१.०९५.७८
युनाईटेड अजोड१९७८३.९५२३९६४.७९-१७.४५
एनएलजी१८३३६.१०१८११२.६८१.२३
सानिमा जीआईसी१७८२१.९४१६५४६.८३७.७१
प्रभु १३२६८.४१११५४९.१३१४.८९
दि ओरियण्टल१५१८३.०५१०७३९.२२४१.३८
नेपाल११४५४.६९११५१०.४७-०.४८
राष्ट्रिय बीमा कम्पनी१३०६४.६२१९९५२.०३-३४.५२
नेसनल ८७४१.०८७६३२.७२१४.५२
स्रोत: नेपाल बिमा प्राधिकरण