मनाङ र लमजुङ जोड्ने बेँसीसहर-चामे सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्र

बिजमाण्डू
२०८१ बैशाख १४ गते १०:१५ | Apr 26, 2024
मनाङ र लमजुङ जोड्ने बेँसीसहर-चामे सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्र
तस्बिर : रासस।

लमजुङ। मनाङ र लमजुङ जोड्ने बेँसीसहर-चामे सडकमा कालोपत्र गर्ने काम सकिएको छ। उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको ७ दशमलव ८ किलोमिटर खण्ड कालोपत्र भएको हो।

Tata
GBIME
Nepal Life

डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका इन्जिनियर किरण पोखरेलका अनुसार अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो। ५ दशमलव ५ मिटरमा सवारीसाधन संचालन हुने, १ दशमलव १ मिटर पानीको निकास र पैदलयात्री मार्ग एक मिटर चौडा छ। कुल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएकामा २५ करोड ३२ लाख रुपैयाँमा कालोपत्र गर्ने सम्झौता भएको थियो।

बेँसीसहरबाट खुदीसम्म करिब साढे ७ किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका-६ स्थित ३ सय मिटर लामो खरखरेभिरका लागि सो रकमबाहेक बोलपत्र आह्वान गरेर २० करोड रुपैयाँ लागत अनुमान गरेकामा १६ करोड रुपैयाँ र सोही स्थान नजिक १ सय २० मिटरको करिब ४ करोड रुपैयाँमा पुल तथा बाटो निर्माण भइरहेको छ।

६५ किलोमिटर लामो यो सडक लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर छ। खुदीसम्म कालोपत्र भए पनि त्यहाँबाट चामेसम्मको अधिकांश भाग जीर्ण छ। रासस