सेयर बजारमा फेरि गिरावट, १५.४१ अंकले घट्यो, कारोबार रकम पनि हिजोभन्दा कम

बिजमाण्डू
२०८१ बैशाख १० गते १५:२६ | Apr 22, 2024
सेयर बजारमा फेरि गिरावट, १५.४१ अंकले घट्यो, कारोबार रकम पनि हिजोभन्दा कम

काठमाडौं। साताको प्रारम्भमा आइतबार १२.२९ अंकले बढेको सेयर बजार सोमबार पुनः ओरालो लागेको छ। विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलनअघि नै सरकारले अध्यादेशबाट कानुन परिमार्जनको तयारी गरिरहेका बेला सेयर बजारमा लगानीकर्ता निराश देखिएका छन्।

Tata
GBIME
Nepal Life

बैंकहरुले ब्याजदर घटाउँदा पनि बजार कारोबारमा लगानीकर्ता उत्साहित नभएको परिसूचकको संकेत छ। सोमबार नेप्से परिसूचक १४.४१ अंकले घटेर १९६९.०२ को विन्दुमा झरेको छ। कारोबार रकम पनि घटेको छ।

म्युचुअल फन्ड बाहेकका सबै उपसमूह घटेका छन्, जसको सोझो असर बजार कारोबारमा परेको हो। म्युचुअल फन्डको सूचक ०.०२ प्रतिशतले बढ्दा फाइनान्स उपसमूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

फाइनान्स उपसमूहको सूचक २.१० प्रतिशतले घटेको छ। कारोबारमा आएका ३२० कम्पनीमध्ये १८६ को सेयर मूल्य घटेको छ। दोल्ती पावर कम्पनीका लगानीकर्ताले ७.३७ प्रतिशतले गुमाएका छन्।

४९ कम्पनीको सेयर मूल्य बढेको छ। पिपुल्स पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ६.९१ प्रतिशतले कमाएका छन्। बढेका कम्पनीमा पनि सर्किट स्तरको बढोत्तरी भने छैन।

२ अर्ब ५ करोड ८३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै गोर्खाज फाइनान्सको ११ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। हिजो २ अर्ब २५ करोड ९९ लाख रुपैयाँको कारोबार भएको थियो।