इलाम-२ र बझाङमा हुने उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलले दिए स्वीकृति

बिजमाण्डू
२०८१ बैशाख १३ गते १४:०५ | Apr 25, 2024
इलाम-२ र बझाङमा हुने उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलले दिए स्वीकृति
रामचन्द्र पौडेल

काठमाडौं। इलाम-२ र बझाङमा हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्रपति पौडेलले राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस, मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको पत्रका आधारमा उपनिरवाचनमा सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपतिको कार्यालयले बिहिबार जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को वैशाख १० गते बसेको बैठकले सेना परिचालन गर्न सिफारिस गरेको थियो।

त्यही दिन बसेको मन्त्रिपरिषद् बैठकले पनि परिषद्‍को सिफारिस अनुमोदन गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई पत्र पठाएका थिए।

इलाम-२ र बझाङ कमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।