सर्वाेत्तम सिमेन्टमा सञ्चालक समितिका ६ सदस्य निर्विरोध निर्वाचित, को-को छानिए ?

बिजमाण्डू
२०८१ बैशाख १४ गते ११:५८ | Apr 26, 2024
सर्वाेत्तम सिमेन्टमा सञ्चालक समितिका ६ सदस्य निर्विरोध निर्वाचित, को-को छानिए ?

काठमाडौं। सर्वाेत्तम सिमेन्ट लिमिटेडले सेयरधनीलाई आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पाँचौं वार्षिक साधारण सभाबाट पारित गरेको छ।

Tata
GBIME
Nepal Life

साधारण सभाले सञ्‍चालक समिति संस्थापक सेयरधनी समूहबाट विष्णुप्रसाद न्यौपाने, विमलकुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जिङ लाग्देन तामाङ र उत्सव न्यौपाने तथा सर्वसाधारण सेयरधनी समूहबाट शिव सिंह कार्कीलाई निर्विरोध निर्वाचित गरेको छ। स्वतन्त्र सञ्‍चालकमा नेहा अग्रवाललाई मनोनीत गरिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतको वित्तीय विवरण पनि पारित गरेको छ।

सभामा प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले कम्पनीले आफ्नो स्थापना पश्चात हालसम्म ६ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार १६६ टन क्लिङ्कर उत्पादन गरी बिक्री गरेको जानकारी गराए। कम्पनीसँग प्रति दिन ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ।

कम्पनीले आफ्नो वितरण प्रणाली मजबुत गर्दै नेपालको पूर्वी क्षेत्रमा बजार विस्तारका लागि आफ्नो शतप्रतिशत लगानी रहेको सहायक कम्पनीमार्फत झापाको भद्रपुरमा रहेको मनषा सिमेन्ट इन्डष्ट्रिज खरिद गरी हाल परीक्षण उत्पादन सुरु गरेको छ।