सिंगापुर विश्वकै प्रिमियम बिजनेस डेस्टिनेसन, व्यापार गर्न कुन कुन देश राम्रो ?

बिजमाण्डू
२०८१ बैशाख ५ गते १८:०८ | Apr 17, 2024
सिंगापुर विश्वकै प्रिमियम बिजनेस डेस्टिनेसन, व्यापार गर्न कुन कुन देश राम्रो ?
सिंगापुरको रात्रिकालीन दृश्य Photo : Shutterstock

काठमाडौं । रसिया र युक्रेनबीचको युद्धका कारण विश्वको अर्थतन्त्रलाई निकै प्रभाव पार्‍यो। सो युद्ध समाप्त हुने कुनै अवस्था नदेखिँदा इजरायल हमास युद्ध भयो। त्यसले अझ विश्वको अर्थतन्त्रलाई नकारात्मक दिशा तर्फ धकेल्दा अहिले इजरायल र इरानबीच अर्को युद्ध सुरु भएको छ। यस्तो अवस्थामा विश्वको अर्थतन्त्र थप संकटमा पर्ने प्रक्षेपण छ।

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय मुद्रा कोषले द्वन्द्वको प्रभाव परेको कारण अर्थतन्त्र संकुचन तर्फ रहन सक्ने जनाएको छ। विश्वको अर्थतन्त्र सन् २०२३ कै ३.३ प्रतिशत नै सन् २०२४ र सन् २०२५ मा कायम रहने प्रक्षेपण गरेको छ।

मन्दीको प्रभाव विश्वभर पर्दा कुन कुन देश व्यापारका लागि राम्रो होला त ? इकोनोमिस्ट इन्टेलिजेन्स युनिट बिजनेस इनभार्मेन्ट(इआइयु)ले गरेको सर्वेक्षणमा सिंगापुर व्यापारका लागि सबैभन्दा राम्रो देशको सूचीमा पहिलो स्थानमा रहेको छ। सिंगापुर पोहोर पनि पहिलो स्थानमा थियो। विगत १६ वर्षदेखि सिंगापुरले यो सूचीको पहिलो स्थानमा आफूलाई स्थिर राखेको छ।

राजनीतिक स्थिरता र घरेलु उद्योगको विकासमा सरकारको सहयोगले सिंगापुरको अर्थतन्त्र राम्रो भएकोले विश्वको मानचित्रमा सिंगापुर व्यापार गर्नका लागि उत्कृष्ट रहेको इआइयुका विश्लेषकले भनेका छन्।

रिपोर्टमा सिंगापुर, डेनमार्क र अमेरिकाको वातावरण व्यापारका लागि आउने पाँच वर्षका लागि अति राम्रो रहने उल्लेख छ।

सिंगापुर पछि दोस्रोमा डेनमार्क रहेको छ भने तेस्रोमा अमेरिका रहेको छ। चौथोमा जर्मनी रहँदा पाँचौंमा स्वीटरल्याण्ड रहेको छ।

पोहोर क्यानडा दोस्रो स्थानमा रहेकोमा यो वर्ष छैटौं नम्बरमा रहेको छ। सन् २०२३ मा तेस्रो स्थानमा रहेको डेनमार्क यसपटक दोस्रो स्थानमा पुगेको हो।

मन्दी, जीवनशैली, आर्थिक वृद्धि दर र वित्तीय नीतिलाई आधार बनाएर सर्वेक्षण गरिएको थियो।

व्यापारका लागि उत्कृष्ट प्रमुख १० देश । स्रोत : इआइयु / सीएनबीसी डट कम

कतार, ग्रीस र भारतले व्यापारका लागि राम्रो वातावरण सिर्जना गरिरहेको रिपोर्टमा उल्लेख छ।

भारतको युवा नै भारतको शक्ति भएको भन्दै त्यसले विश्वको ‘डिमान्ड एन्ड सप्लाई चेन’मा महत्वपूर्ण भूमिका खेल्ने प्रक्षेपण छ। हाल चीनभन्दा भारतमा लगानीकर्ता आकर्षित हुँदै गएको देखिन्छ।

अमेरिका र चीनबीचको विवाद र कोरोना महामारी पछि चीनको सुस्ताएको अर्थतन्त्रका कारण बजार भारतमा सिफ्ट भइरहेको हो। टेस्ला, एप्पल लगायत मल्टीनेश्नल कम्पनीहरु भारतमा लगानीका लागि तयार देखिएका छन्। यसै वर्षभन्दा करिब २०० जना भारतीय व्यापारी फोर्ब्सको बिलिनियर लिस्टमा समावेश भएका छन्। चीनमा भने अर्बपतिको संख्या घट्दो छ।

यस्तै, अर्जेन्टिनामा खुला व्यापारको प्रत्याभूतिसँगै लगानीकर्ताको आकर्षण बढेको बताइएको छ। ग्रीको ‘प्रो-बिजनेस’ सरकारको नीतिले ग्रीसमा व्यापार प्रवर्धनको वातावरण बढेको हो।

खाडी राष्ट्रहरुले पनि लगानीका लागि राम्रो वातावरण बनाइरहेको रिपोर्टमा उल्लेख छ।