फोनपेले सुरु गर्‍यो डोमेस्टिक क्रेडिट कार्ड, अब क्रेडिट कार्डको सुविधा मोबाइल बैंकिङ एपबाटै

बिजमाण्डू
२०८१ बैशाख ११ गते १६:०० | Apr 23, 2024
फोनपेले सुरु गर्‍यो डोमेस्टिक क्रेडिट कार्ड, अब क्रेडिट कार्डको सुविधा मोबाइल बैंकिङ एपबाटै

काठमाडौं। फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सुरुवात गरेको छ। डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्तर्गत फोनपेले नेपालमा पहिलो पटक पूर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँगको सहकार्यमा सुरुवात गरेको हो।

Tata
GBIME
Nepal Life

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई फोनपे कार्ड स्किम अन्तर्गत रहेर पूर्णरुपको डिजिटल क्रेडिट कार्ड मोबाइल बैंकिङ एपमार्फत उपलब्ध गराउन सक्ने बैंकले जनाएको छ। सिटिजन्स बैंक यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ। सिटिजन्स बैंकका ग्राहकहरुले क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमार्फत लिन सक्ने बताइएको छ।

फोनपेका सीइओ दिवस कुमारले नेपालमा भुक्तनीको नयाँ उपकरणको रूपमा फोनपे कार्ड स्किम प्रस्तुत गर्न पाउँदा उत्साहित रहेको बताएका छन्। ‘यसको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूको साथ, यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने विश्वास लिएका छौं,’ कुमारले भने, ‘फोनपेको तर्फबाट नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम सुचारु गर्न अनुमति प्रदान गरि आवश्यक निर्देशन दिइ सहयोग तथा दिशानिर्देश गरिदिने नियामक निकाय नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद दिन चाहन्छौं।’