अमेरिकी सिनेटबाट पनि पारित भयो टिकटक माथि प्रतिबन्ध लाग्न सक्ने विधेयक

बिजमाण्डू
२०८१ बैशाख १२ गते ११:५२ | Apr 24, 2024
अमेरिकी सिनेटबाट पनि पारित भयो टिकटक माथि प्रतिबन्ध लाग्न सक्ने विधेयक
Photo: Dado Ruvić/Reuters

अमेरिकाको माथिल्लो सदन सिनेटबाट टिकटकमाथि प्रतिबन्ध लाग्न सक्ने गरि बनाइएको विधेयक पारित भएको छ।

Tata
GBIME
Nepal Life

केहीदिन अघि तल्लो सदनबाट पारित भएर माथिल्लो सदन पुगेको विधेयक पनि पारित भएको हो। सो विधेयकमा टिकटकको निर्माण कम्पनी बाइटडान्सलाई कम्पनी बेच्न ९ महिनाको समय दिइएको छ। त्यसो नगरेर अमेरिकामा टिकटकमा प्रतिबन्ध लाग्नेछ।

सिनेटमा ७९ सदस्याले विधेयकको पक्षमा मतदान गरेका थिए भने १९ जनाले विपक्षमा मतदान गरेका थिए।

अब सो विधेयक अमेरिकी राष्ट्रपति जो बाइडेन समक्ष पेस गरिनेछ। उनले हस्ताक्षर गरे पछि सो कानुन लागू हुनेछ। बाइडेनले विधेयक आफ्नो टेबलमा पुग्ने बित्तिकै हस्ताक्षर गर्ने बताइसकेका छन्।

टिकटकले विधेयक पारित भएकोबारे केही टिप्पणी गरेको छैन। यद्यपि, एपमाथि प्रतिबन्ध लाग्न सम्भावनाविरुद्ध लड्ने टिकटकले यसअघि बताएको थियो।

टिकटकको स्वामित्व बेच्नै पर्ने अवस्था सिर्जना भए त्यसमा चिनियाँ पक्षको स्वीकृति चाहिन्छ। त्यसैले यस प्रकारको ‘डिल ब्रेक’ हुन वर्षौं लाग्न सक्ने पनि अनुमान छ।

टिकटकका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा चुनौती थपिएको भन्दै प्रतिबन्धको प्रयास भएको हो। यद्यपि, अमेरिकी युवा वर्गमा भने टिकटक माथि प्रतिबन्ध लगाउन नहुने बलियो मत छ।