लयमा रहेको हैदराबादलाई हराउँदा पुछारको बेङ्ग्लोरलाई राहत

बिजमाण्डू
२०८१ बैशाख १४ गते ०७:०७ | Apr 26, 2024
लयमा रहेको हैदराबादलाई हराउँदा पुछारको बेङ्ग्लोरलाई राहत
बेङ्ग्लोरका खेलाडी। तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल)मा  रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादलाई हराएको छ। विस्फोटक ब्याटिङको सहायतामा एक पछि अर्को कीर्तिमान बनाउँदै आएको हैदराबादलाई खराब लयबाट गुज्रिरहेको बेङ्ग्लोरले ३५ रनले हराएको हो।

Tata
GBIME
Nepal Life

हैदराबादस्थित राजीव गान्धी स्टेडियममा बेङ्ग्लुरुले टस जितेर ब्याटिङ रोजेको थियो। जसमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनायो।

बेङ्ग्लोरका लागि विराट कोहलीले सर्वाधिक ५१ रन बनाउँदा रजत पतिदारले आक्रामक अर्धशतक बनाए। २० बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे।

त्यस्तै क्यामरन ग्रिनले ३७, फाफ डुप्लिसिसले २५ तथा स्वप्निल सिंहले १२ रन बनाए।

बलिङतर्फ हैदराबादका जयदेव उनदकटले ३ विकेट लिँदा टी नटराजनले २ तथा प्याट कमिङ्स र मयंक मार्कण्डेयले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद ८ विकेट गुमाएर १७१ रनमा समेटियो। हैदराबादका लागि सहबाज अहमदले सर्वाधिक ४० रन बनाउँदा अभिषेक शर्मा र प्याट कमिङ्सले समान ३१ रन तथा प्याट कमिङ्स र भुवेनश्वर कुमारले समान १३ रन बनाए।

बलिङतर्फ बेङ्ग्लोरका क्यामरुन ग्रिन, कर्ण शर्मा र स्वप्निल सिंहले समान २ विकेट लिँदा विल ज्याक र यश डायलले समान १ विकेट लिए।

आफ्नो ९ औँ खेलमा दोस्रो जित निकालेको बेङ्ग्लुरुलाई राहत मिलेको छ। जितका बावजुत ४ अंक बनाएको बेङ्ग्लोर तालिकाको पुछारमै छ। यता ८ खेलबाट १० अंक बनाएको हैदराबाद तालिकाको तेस्रो स्थानमा छ। प्रतियोगितामा आज पञ्जाव किंग्स र कोलकाता नाइट राइडर्स कोलातास्थित इडेन गार्डेन स्टेडियममा साँझ पौने ८ बजे भिड्नेछन्।