
काठमाडौं। हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शमशेर राणाले निरन्तरता पाएका छन्। पछिल्लो पटक वैशाख ९ देखि लागू हुने गरी थप ४ वर्षे कार्यकालका लागि उनी सीइओ नियुक्त भएका हुन।
बैंकको गत चैत २७ गते बसेको बैंकको सञ्चालक समिति बैंठकले राणालाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको थियो। डेढ दशकदेखि हिमालयन बैंकको व्यवस्थापनको नेतृत्व गरिरहेका उनी वाणिज्य बैंकहरुमा सबैभन्दा लामो समय प्रमुख कार्यकारी अधिकृत हुने बैंकर बनेका छन्।
तीन दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय राणा बैंक संस्थापक हिमालय शमशेर राणाका छोरा हुन्। उनी बैंकर्स संघका पूर्वअध्यक्ष पनि हुन्।