जीवन बीमा व्यवसाय ५ प्रतिशत बढ्यो, प्रिमियम १.१० खर्ब संकलन हुँदा कसको कति ?

बिजमाण्डू
२०८१ बैशाख १३ गते २०:१० | Apr 25, 2024
जीवन बीमा व्यवसाय ५ प्रतिशत बढ्यो, प्रिमियम १.१० खर्ब संकलन हुँदा कसको कति ?

काठमाडौं। चालु आर्थिक वर्ष जीवन बीमा कम्पनीले १ खर्ब १० अर्ब १६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरुले ९ महिनामा बीमा शुल्क आर्जन ५.१८ प्रतिशतले वृद्धि गरेका हुन्। कम्पनीहरुले पोहोर चैत मसान्तसम्म १ खर्ब ४ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए।

३ कम्पनीको व्यवसाय खुम्चिंदा ११ कम्पनीले व्यवसाय बढाएका छन्। नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै २९ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले ८.०४ प्रतिशतले व्यवसाय वृद्धि गरेको हो।

सन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा न्यून २ अर्ब ७८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। कम्पनीको व्यवसाय ३.०१ प्रतिशतले घटेको छ।

राष्ट्रिय जीवन बीमा कम्पनीको बीमा शुल्क सर्वाधिक २२.९९ प्रतिशतले घटेर ५ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ।

प्रथम बीमा शुल्क २.५५ प्रतिशतले वृद्धि भएको छ। चालु वर्ष चैतसम्म कम्पनीहरुले २१ अर्ब ५४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्।

पोहोर ९ महिनामा २१ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क संकलन भएको थियो। कम्पनीहरुले नयाँ व्यवसाय बढाए पनि पोलिसी त्याग्ने क्रम भने रोकिएको छैन।

सक्रिय बीमा लेखको संख्या २.११ प्रतिशतले घटेको छ। सक्रिय बीमा लेखको संख्या पोहोर चैतसम्म १ करोड ४१ लाख ६५ हजार रहेकोमा चालु वर्ष तेस्रो त्रैमाससम्म आइपुग्दा २ लाख ९९ हजार बीमा लेख सरेन्डर भएको छ।

जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म संकलन गरेको प्रिमियम (रु लाखमा)

जीवन बीमा कम्पनीप्रिमियम रकम
चालु वर्ष चैतसम्म
प्रिमियम रकम
गत वर्ष चैतसम्म
फरक %
नेपाल २९४५३९.२९२७२६१२.०७८.०४
नेसनल१२८९९१.०३११३७४२.९०१३.४१
लाइफ इन्स्योरेन्स कर्पोरेसन१२८३१०.८७१२९४५०.६०-०.८८
हिमालयन १२३३०५.५०११३४०९.०९८.७३
सूर्यज्योति ६५२६६.०३६२०६९.२९५.१५
एसियन ५७८९५.३७५१९२२.६७११.५०
राष्ट्रिय जीवन बीमा कम्पनी५४६९७.८६७१०२२.५०-२२.९९
सानिमा रिलायन्स ४२७६९.४१४०७१६.७१५.०४
सिटिजन ४२४४९.४७४०१७९.२०५.६५
मेट ४१३३२.४०३८७६५.७८६.६२
आइएमई ३२९११.४९२९८६७.७५१०.१९
प्रभु महालक्ष्मी ३०६३८.९६२७४१९.०१११.७४
रिलायबल नेपाल २९८२६.९४२७४१३.१०८.८१
सन नेपाल २७८९२.९४२८७५७.५४-३.०१