रोजगारीका लागि क्यानडा र माल्टा पठाइदिने भन्दै ४१ लाख ठगी गर्ने दुईजना पक्राउ

बिजमाण्डू
२०८१ बैशाख १३ गते १६:३६ | Apr 25, 2024
रोजगारीका लागि क्यानडा र माल्टा पठाइदिने भन्दै ४१ लाख ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानाडा र माल्टा पठाइदिने भन्दै ४१ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका–३ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन्।

सत्येन्द्रलाई अनामनगर र विवेकलाई बागबजारबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

उनका अनुसार पक्राउ परेकामध्ये सत्यन्द्रले क्यानडा पठाइदिने भन्दै पीडितबाट ३८ लाख २० हजार रुपैयाँ ठगी गरेको अनुसन्धानका क्रममा फेला परेको छ।

यस्तै, विवेकले भने माल्टा पठाइदिने भन्दै तीन जना पीडितबाट तीन लाख ठगी गरेको खुल्न आएको उनले बताए।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको रेग्मीले बताए।