सुनचाँदीमा झिनो गिरावट, सुन तोलामा २ सय घट्यो, चाँदी १५ रुपैयाँ सस्तियो

बिजमाण्डू
२०८१ बैशाख १३ गते १०:४१ | Apr 25, 2024
सुनचाँदीमा झिनो गिरावट, सुन तोलामा २ सय घट्यो, चाँदी १५ रुपैयाँ सस्तियो

काठमाडौं। सुनचाँदीको मूल्यमा सामान्य गिरावट छ। सुन तोलामा २ सय र चाँदी १५ रुपैयाँ घटेको छ। बिहीबार सुनको कारोबार मूल्य तोलाको १ लाख ३५ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

उच्च मूल्यमा पुगेर चालु साताको तेस्रो दिनसम्म क्रमिक घट्ने संकेत गरेको सुनचाँदीको मूल्यमा बुधबार भने बढेको थियो। मंगलबारका तुलनामा ५ सय बढ्दा बुधबार सुन प्रति तोला १ लाख ३६ हजार रुपैयाँ भएको थियो।

अघिल्लो दिनका तुलनामा २ हजार ७ सय रुपैयाँ घट्दा मंगलबार तोलाको १ लाख ३५ हजार ५ सय रुपैयाँ भएको थियो। साताको प्रारम्भका तुलनामा १ हजार १ सय घट्दा सोमबार कारोबार मूल्य तोलाको १ लाख ३८ हजार २ सय रुपैयाँ थियो।  

चाँदी तोलामा १६ सय ५५ रुपैयाँ भएको छ। यसअघि बुधबार कारोबार मूल्य प्रति तोला १६ सय ७० रुपैयाँ थियो। सोमबारका तुलनामा ४५ रुपैयाँ घट्दा मंगलबार तोलाको १६ सय ६० रुपैयाँ भएको थियो। यसअघि ३५ रुपैयाँ घट्दा सोमबार प्रति तोला १७ सय ५ रुपैयाँ भएको थियो। आइतबार तोलाको १७ सय ४० रुपैयाँ पुगेको थियो।     

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनचाँदीको कारोबार मूल्यमा गिरावट छ। सुन प्रति औंस २३१३.४५ डलरले कारोबार भइरहेको छ। बुधबार २३२५.६१ डलर थियो भने मंगलबार २३०७.२९ र सोमबार २३६४.९४ डलर थियो।

चाँदी प्रति औंस २७.०९ डलर छ। बुधबार २७.३९, मंगलबार २६.९९ र सोमबार २७.८६ डलर थियो।