श्रीलंकामा चीनले बनाएको विमानस्थलको व्यवस्थापनको जिम्मा भारतीय र रसियाली कम्पनीलाई

बिजमाण्डू
२०८१ बैशाख १४ गते १६:०६ | Apr 26, 2024
श्रीलंकामा चीनले बनाएको विमानस्थलको व्यवस्थापनको जिम्मा भारतीय र रसियाली कम्पनीलाई
Photo : Sunday Observer

श्रीलंकाको मत्ताला राजापाक्षे अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मेवारी भारतीय र रसियाली कम्पनीले पाएको छ।

Tata
GBIME
Nepal Life

श्रीलंकाली सरकारले २०९ मिलियन अमेरिकी डलर लागतमा चीनले बनाएको विमानस्थलको व्यवस्थापनको जिम्मा भारतलाई दिने निर्णय गरेको हो।

चीनको एक्जिम बैंकको लगानीमा निर्मित सो अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१३ देखि संचालनमा आएको थियो। तर, त्यहाँ उडान संख्या निकै न्यून रहेको थियो। यस्तै, वातावरणीय हिसाबले पनि त्यहाँ विमानस्थल संचालनमा प्रश्न खडा भएको थियो। संचालन देखि नै विमानस्थल निरन्तर घाटामा थियो। जसकारण सन् २०१८ मा विमानस्थल बन्द हुन पुग्यो।

फेरि सन् २०२२ को डिसेम्बरमा मात्रै यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भयो। तर, एक वर्षमा १० लाख यात्रुको भार थेग्न सक्ने गरि बनाइएको विमानस्थलमा उडान संख्या भने धेरै भएन। त्यसैले सरकारले बोलपत्र आह्वान गरेर नै विमानस्थलको व्यवस्थापन संचालन गरेको थियो।

विमानस्थलको व्यवस्थापनको जिम्मान अब भारतको सौर्या एरोनटिक्सि प्रालि र रसियाको एयरपोर्ट्स अफ रिजन म्यानेजमेन्ट कम्पनीलाई ३० वर्षका लागि दिइनेछ। कति रकममा यो डिल भएको हो भन्नेबारे भने केही खुलाइएको छैन।

सो विमानस्थल महिन्द्रा राजापाक्षे राष्ट्रपति हुँदा निर्माण भएको थियो। चीनसँग नजिक मानिएका उनको शासनकालमा श्रीलंका भारतबाट टाढिएको थियो। सो विमानस्थल राजापाक्षेको गृह नगरमा निर्माण भएको थियो।

पछिल्लो समय आर्थिक संकटमा फसेपछि श्रीलंकामा भएको आन्दोलन पछि राजापाक्षे परिवार सत्ताबाट हटेको थियो।