५ कारोबार दिनपछि १२.२९ अंकले बढ्यो नेप्से, करिब ३ अर्बको सेयर किनबेच

बिजमाण्डू
२०८१ बैशाख ९ गते १५:२९ | Apr 21, 2024
५ कारोबार दिनपछि १२.२९ अंकले बढ्यो नेप्से, करिब ३ अर्बको सेयर किनबेच

काठमाडौं। पछिल्लो ५ कारोबार दिन लगातार ओरालो लागेको सेयर बजार परिसूचक आइतबार १२.२९ अंकले बढेको छ। नेप्से परिसूचक १९८४.४३ विन्दुमा पुगेको छ।

Tata
GBIME
Nepal Life

बैंकिङ र म्युचुअल फन्ड बाहेकका उपसमूहले बजार बढाएका हुन्। उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै १.९० प्रतिशत बढेको छ।

कारोबारमा आएका ३१० कम्पनी मध्ये १७६ कम्पनीका लगानीकर्ताले कमाएका छन्। डोल्टी पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यो कम्पनीको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ।

६३ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्। पिपुल्स पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ७.४६ प्रतिशतले गुमाए।

२ अर्ब २५ करोड ९९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। गोर्खाज फाइनान्सको सर्वाधिक १० करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।