पर्यटनमन्त्री तामाङलाई पूर्वमन्त्री किरातीको ९ बुँदे पत्र, एनएसीको व्यवस्थापन करारमा दिन सुझाव

बिजमाण्डू
२०८१ बैशाख १४ गते १६:४१ | Apr 26, 2024
पर्यटनमन्त्री तामाङलाई पूर्वमन्त्री किरातीको ९ बुँदे पत्र, एनएसीको व्यवस्थापन करारमा दिन सुझाव

काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई पूर्वपर्यटनमन्त्री सुदन किरातीले ९ बुँदे सुझावपत्र बुझाएका छन्।

Tata
GBIME
Nepal Life

किरातीले शुक्रबार पर्यटन मन्त्रालय पुगेर मन्त्री तामाङलाई सुझाव पत्र बुझाएका हुन्। पत्रमा अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपले सञ्चालन गर्न तथा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पीपीपी मोडेल अपनाउन आग्रह गरिएको छ।

किरातीले नेपाल वायुसेवा निगमको पुनर्संरचना गर्दै व्यवस्थापन करारमा दिन भनेका छन्। उनले आफू पदमा रहँदा निगमको सुधारका लागि सिन्को पनि भाँचेका थिएनन्। बरु उनले निगम व्यवस्थापनको एकपछि अर्को गलत काममा साथ दिएका थिए।

किरातीले पर्यटन ऐन संशोधन गराउन, संस्कृति नीति जारी गर्न, हिन्दु, पर्यटन र रैथाने विश्वविद्यालय निर्माणको काम अघि बढाउन, लुम्बिनीमा मायादेवी प्रसुति अस्पताल निर्माण गर्न, पश्चिममा कैरन पहाड र पूर्वमा रिसिया पहाडलाई विश्व सम्पदा बनाउन तामाङको ध्यानाकर्षण गराएका छन्।