फरवार्ड माइक्रोफाइनान्सको वितरणयोग्य नाफा ३३ करोड ८७ लाख, निष्कृय कर्जा ८.२६ प्रतिशत

बिजमाण्डू
२०८१ बैशाख १४ गते १०:४५ | Apr 26, 2024
फरवार्ड माइक्रोफाइनान्सको वितरणयोग्य नाफा ३३ करोड ८७ लाख, निष्कृय कर्जा ८.२६ प्रतिशत

काठमाडौं। फरवार्ड माइक्रोफाइनान्सले चालु वर्ष ९ महिनामा ब्याज आम्दानी घटेपनि ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.६ गुणा बढी हो।

Tata
GBIME
Nepal Life

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। प्रोभिजनिङ रकम करिब ६ करोड घटाउँदा त्यसले नाफा बढाउन मद्दत गरेको छ।

आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण कर्जा असुली प्रभावित हुँदा ब्याज आम्दानी खुम्चिन गई कम्पनीको निष्कृय कर्जा भने ८.२६ प्रतिशत पुगेको छ। गत वर्ष सोही अवधिमा लघुवित्तको निष्कृय कर्जा ५.८८ प्रतिशत थियो।

लघुवित्तको कर्जा लगानी १.४२ प्रतिशतले बढेर १९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रति सेयर आम्दानी बढेर १४.७२ रुपैयाँ पुगेको छ । कम्पनीको प्रति सेयर नेटवर्थ २६९ रुपैयाँ छ । चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ३३ करोड ८७ लाख रुपैयाँ छ ।