मुक्तिनाथ विकास बैंकले ई-नेबल नेपालसँगको साझेदारीमा बालबालिकालाई दियो कृत्रिम हात

बिजमाण्डू
२०८१ बैशाख ९ गते १३:१९ | Apr 21, 2024
मुक्तिनाथ विकास बैंकले ई-नेबल नेपालसँगको साझेदारीमा बालबालिकालाई दियो कृत्रिम हात

काठमाडौं। मुक्तिनाथ विकास बैंकले बालबालिकाहरूलाई कृत्रिम हातहरू वितरण गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ई-नेबल नेपालसँगको साझेदारीमा देशका विभिन्‍न स्थानका बालबालिकाहरूलाई कृत्रिम हातहरू वितरण गरेको जानकारी दिएको छ।

Tata
GBIME
Nepal Life

एक कार्यक्रमका बीच बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र ई-नेबल नेपाल नेपालका पदाकारीमार्फत कृत्रिम हातहरू बालबालिकालाई वितरण गरिएको छ। उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, बालबालिकाहरूका अभिभावक र ई-नेबल नेपाल नेपालका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

हाल बैंकले ५ थान कृत्रिम हातहरू वितरण गरेको जनाएको छ। निकट भविष्यमा थप कृत्रिम हातहरू वितरण गर्ने बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत गरुङले बताए।

यस सहयोगबाट आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै लाभकारी बालबालिकाहरूको जीवनमा सकरात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।