
काठमाडौं। प्रभु बैंकमा संस्थापक सेयरधनीको तर्फबाट अंगिरमान सिंह र तारा मानन्धर सञ्चालक समिति सदस्य नियुक्त भएका छन्।
वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले सानेपा बस्ने सिंह र टोखा बस्ने मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ।
संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समिति सदस्य रहेका रमेश सिंह खड्का र शंकर प्रसाद कालिकोटाले राजीनामा दिएपछि रिक्त रहेको पदमा सिंह र मानन्धरलाई नियुक्त गरिएको हो।
बैठकले खड्का र कालिकोटाका साथै स्वतन्त्र सञ्चालक प्रा. डा. गीता प्रधानले दिएको राजीनामा स्वीकृत गरेको छ।