विद्युतीय गाडी अब नेपालमै उत्पादन, चीनको गोल्डेन ड्रागनले ३ अर्ब लगानी गर्ने

बिजमाण्डू
२०८१ बैशाख १७ गते १७:०२ | Apr 29, 2024
विद्युतीय गाडी अब नेपालमै उत्पादन, चीनको गोल्डेन ड्रागनले ३ अर्ब लगानी गर्ने
कोशी एनके मोटर्स र गोल्डेन ड्रागन अटोबडी सम्झौता गर्दै

काठमाडौं। चिनियाँ कम्पनी जीएमन गोल्डेन ड्रागन अटोबडीले नेपालमा पनि विद्युतीय गाडी उत्पादन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले कोशी एनके मोटर्ससँग मिलेर नेपालमा विद्युतीय गाडी उत्पादन गर्ने भएको हो। यस सम्बन्धमा दुई कम्पनीले सोमबार सम्झौता गरेका छन्। सम्झौता अनुसार गाडी उत्पादनका लागि चिनियाँ कम्पनीले ३ अर्ब रुपैयाँ लगानी गर्ने छ।

एनके मोटर्सका अध्यक्ष टिकाराम पुरीले यही वर्षबाट गाडी उत्पादन गर्ने योजना रहेको बताए। सुरुमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने चार पाङ्ग्रे सवारीसाधन उत्पादन गरिनेछ।

कम्पनीले १२, १४ र १२ सिट क्षमताका कमर्सियल गाडी उत्पादन गर्ने भनिएको छ।

पुरीका अनुसार वार्षिक ५ हजारभन्दा बढी गाडी उत्पादन गर्ने योजना छ। ‘हामीले मुलुकमै पहिलोपटक विद्युतीय गाडी उत्पादन गर्न लागेका छौं। गाडी उत्पादनका लागि प्रविधि र उपकरण सबै चिनियाँ हुनेछ। गाडी भने नेपाली ब्राण्डमा बिक्री गरिनेछ,’ पुरीले भने

प्लान्टका लागि कम्पनीले विराटनगरको बुढीगङ्गामा १५ बिगाहा जग्गा लिइसकेको उनले जानकारी दिए।