राष्ट्रिय वाणिज्य बैंकको सीइओमा ५ जनाको नाम ‘सर्ट लिस्ट,’ अन्तर्वार्ता आगामी बुधबार

बिजमाण्डू
२०८१ जेठ ७ गते १३:४१ | May 20, 2024
राष्ट्रिय वाणिज्य बैंकको सीइओमा ५ जनाको नाम ‘सर्ट लिस्ट,’ अन्तर्वार्ता आगामी बुधबार

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि ५ जनाको नाम ‘सर्ट लिस्ट’ मा परेको छ। बैंकको सीइओ छनोट उपसमितिको आइतबार बसेको बैठकले अन्तिम छनोटमा परेकाको नाम सिफारिस गरेको हो।

Tata
GBIME
NLIC

बैंकको सीइओ पदका लागि सर्ट लिस्टमा परेकाहरु कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन्।

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्यांकनका आधारमा ५ जनालाई सर्ट लिस्टिङ गरी अन्तर्वार्ताका लागि छनोट गरिएको बैंकले जनाएको छ।

सर्टलिस्टमा परेको पाँचै जनाको जेठ ९ गते बुधबार बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा प्रस्तुतीकरण तथा अन्तर्वार्ता तय गरिएको छ।

बैंकको सीइओ बन्न २० जनाले आवेदन दिएका थिए। आवेदकमा सर्ट लिस्टमा परेकाहरुसँगै रामदेव यादव, अगम मुखिया, दुर्गाकुमारी कँडेल छत्कुली, नरेशराज अर्याल, पवन रेग्मी, विष्णुबाबु मिश्र, डा. रामराज उपाध्याय, दीर्घबहादुर अवाले, झविन्द्र खत्री, गणेशप्रसाद गौतम, सुरेश देवकोटा, प्रमोदबाबु तिवारी, कृष्णप्रसाद आचार्य, शंकरकुमार रायमाझी, माधवप्रसाद रेग्मीलगायत थिए।

सीइओ किरणकुमार श्रेष्ठको कार्यकाल गत चैतमा सकिएपछि बैंकले नयाँ नियुक्तिका लागि वैशाख ७ गते विज्ञापन आह्‍वान गरेको थियो।