ठमेलमा शनिबार खाना तथा हस्तकला मेला, बिहान १० बजेदेखि राति १० बजेसम्म संचालन हुने

बिजमाण्डू
२०८१ जेठ ४ गते ०९:०२ | May 17, 2024
ठमेलमा शनिबार खाना तथा हस्तकला मेला, बिहान १० बजेदेखि राति १० बजेसम्म संचालन हुने
File Photo


काठमाडौं। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ।

Tata
GBIME

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौं महानगरपालिका–२६ स्थित सञ्चयकोष भवनअगाडि त्रिदेवी मार्गमा जेठ ५ गते शनिबार खाना तथा हस्तकला मेला आयोजना हुन लागेको हो।

परिषद्का महासचिव राजीव पाण्डेले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि एकदिने सडक खाना तथा हस्तकला मेला आयोजना गर्न लागिएको जानकारी दिए।

मेला बिहान १० बजेदेखि राति १० बजेसम्म संचालन हुनेछ। मेलामा हस्तकलाका सामग्री, तयारी पोशाक सिल्क, पश्मिन, गरगहनालगायत उत्पादनका ३० प्रदर्शनीकक्ष रहने छन्। मेलामा विभिन्न परिकारको स्वाद चाख्न पाइनेछ भने सांस्कृतिक कार्यक्रम पनि हुनेछ्।