रवि लामिछानेको बचाउमा ओली : छानबिन समिति बनेपछि कांग्रेसले राजीनामा माग्छ

बिजमाण्डू
२०८१ बैशाख २८ गते १४:०८ | May 10, 2024
रवि लामिछानेको बचाउमा ओली : छानबिन समिति बनेपछि कांग्रेसले राजीनामा माग्छ

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन्। संसदीय दलको शुक्रबारको बैठकमा सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन समिति माग गरेको भन्दै बिरोध गरे।

Tata
GBIME
Nepal Life

कांग्रेसले सहकारी ठगी प्रकरणमा लामिछाने पनि संलग्न रहेको भन्दै छानबिनि समितिको माग राखेर आजदेखि सुरु हुने बजेट अधिवेशन पनि अवरोध गर्ने तयारी गरेपछि ओली लामिछानेको बचाउमा लागेका हुन्। हिउदे अधिवेशन पनि कांग्रेसले अवरोध गरेको थियो।

उनले छानबिन समिति गठन हुनासाथ कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने बताए। ‘समिति बनिसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? छानबिनलाई प्रभावित गर्दैन भन्नेछ। छानबिन समिति बनाइसकेपछि तत्काल राजीनामाको खेल शुरू हुन्छ। प्रधानमन्त्री भइदेउ भनेर गरेको प्रस्ताव अस्वीकार गरेपछि कांग्रेसका प्रमुख सचेतक फाइल लिएर हिँडिरहेका छन्,’ उनले भने। कांग्रेस सत्ताबाट बाहिरनु परेका कारण रन्थनिएको उनको भनाइ छ। उनले कांग्रेस सरकार ढाल्ने खेलमा लागेको बताए। उनले उजुरी परेका आधारमा छानबिन हुन नसक्ने बताए।

‘राजनीतिमा यसप्रकारका खेल खेल्नुहुनुन । कसैको उजुरी छैन भनेर महान्यायाधिवक्ताले भनेको छ। सहकारीको स्थिति के छ भनेर सरकारलाई थाहा छ अब उचित कदम चाल्नु पर्छ,’ ओलीले भने।