आइएमएस सफ्टवेयर र इनकोड जेनेटिक्स एण्ड डाइग्नोस्टिक ल्याबबीच सहकार्य

बिजमाण्डू
२०८१ बैशाख २८ गते १३:२७ | May 10, 2024
आइएमएस सफ्टवेयर र इनकोड जेनेटिक्स एण्ड डाइग्नोस्टिक ल्याबबीच सहकार्य

काठमाडौं। आइएमएस सफ्टवेयर र इनकोड जेनेटिक्स एण्ड डाइग्नोस्टिक ल्याबबीच सहकार्य हुने भएको छ। सम्झौतापछि आइएमएस सफ्टवेयरसँग सम्बन्धित कर्मचारी र तिनका परिवारले इनकोड जेनेटिक्समा स्वास्थ्य परीक्षण गराउँदा छुट पाउने छन्।

Tata
GBIME
Nepal Life

सम्झौतापछि इनकोड जेनेटिक्सले आइएमएस सफ्टवेयरले उत्पादन गरेको आइटी सोलुसन्स प्रयोग गर्नेछ।

सम्झौता पत्रमा आइएमएस सफ्टवेयरको तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र इनकोड जेनेटिक्सको तर्फबाट प्रबन्ध निर्देशक डा. सुप्रिया श्रेष्ठले हस्ताक्षर गरेका छन्।

आइएमएसले आन्तरिक राजस्व विभागबाट मान्यता प्राप्त पोस सफ्टवेयर उत्पादन तथा बिक्री गर्छ। यसका साथै रेस्टुरेन्ट सफ्टवेयरका साथै डिस्ट्रिब्युसन, पेट्रोल पम्प तथा पार्किङ व्यवस्थापन सम्बन्धी सफ्टवेयर बिक्री गर्दै आएको छ।

नेपालसँगै भारत, मलेसिया र जापानका २० हजारभन्दा बढी रिटेल तथा रेस्टुरेन्टले आइएमएसले उत्पादन गरेको सफ्टवेयर प्रयोग गर्दै आएका छन्।

इनकोड जेनेटिक्सले अत्याधुनिक तथा सुविधा सम्पन्न परीक्षण ल्याब संचालन गरिरहेको छ। ल्याबले अत्याधुनिक प्रविधिमार्फत विभिन्न स्वास्थ्य परीक्षण गर्दै आएको छ। ल्याबमार्फत सेवाग्राहीले आफ्ना स्वास्थ्य समस्या निवारण गर्न सक्ने कम्पनीले जनाएको छ। दक्ष चिकित्सक तथा प्राविधिकको सहायतामा रोगहरुमाथि प्रभावकारी उपचार पाइने कम्पनीले जनाएको छ।