सोल्टी होटलको खुद नाफा ११.०८ प्रतिशतले वृद्धि, ९ महिनामा कमायो ४१ करोड २३ लाख

बिजमाण्डू
२०८१ बैशाख २८ गते ११:३२ | May 10, 2024
सोल्टी होटलको खुद नाफा ११.०८ प्रतिशतले वृद्धि, ९ महिनामा कमायो ४१ करोड २३ लाख

काठमाडौं। सोल्टी होटलले चालु आर्थिक वर्ष तेस्रोसम्म ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले पोहोर चैतसम्मको तुलनामा ११.०८ प्रतिशतले वृद्धि नाफा बढाएको हो।

Tata
GBIME
Nepal Life

होटलले गत वर्ष चैतसम्म ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। होटलको सञ्चालन आम्दानी ११.३ प्रतिशतले वृद्धि हुँदा खुद नाफामा सुधार देखिएको हो।

९ महिनामा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ६८ करोड रुपैयाँ छ। होटलले गत वर्ष सोही अवधिमा १ अर्ब ५० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।

कम्पनीको चुक्ता पुँजी ९२ करोड ८९ लाख रुपैयाँ छ। प्रति सेयर आम्दानी ४.४४ रुपैयाँ र प्रति सेयर नेटवर्थ २४.५८ रुपैयाँ छ।