सानिमा रिलायन्स लाइफको खुद नाफा ९२.९४% वृद्धि, प्रति सेयर आम्दानी ९.७१ रुपैयाँ

बिजमाण्डू
२०८१ बैशाख २८ गते ११:२६ | May 10, 2024
सानिमा रिलायन्स लाइफको खुद नाफा ९२.९४% वृद्धि, प्रति सेयर आम्दानी ९.७१ रुपैयाँ

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले पोहोर चैतसम्मको तुलनामा ९२.९४ प्रतिशतले नाफा बढाएको हो। इन्स्योरेन्सले गत वर्ष चैतसम्म १५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद बीमा शुल्क आर्जन ११७.०७ प्रतिशतले वृद्धि हुँदा कम्पनीको नाफामा उछाल आएको हो।

कम्पनीले चैतसम्म ४ अर्ब १ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। पोहोर चैतसम्म १ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ। कम्पनीको प्रति सेयर आम्दानी ९.७१ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १२६.९९ रुपैयाँ रहेको छ।