संसद बैठकअघि एमाले संसदीय दलको बैठक बस्दै

बिजमाण्डू
२०८१ बैशाख २८ गते ११:१८ | May 10, 2024
संसद बैठकअघि एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले संसद अधिवेशन अघि संसदीय दलको बैठक डाकेको छ। दिउँसो १२ बजे संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बस्ने तय भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

Tata
GBIME
Nepal Life

बजेट अधिवेशनमा आफ्ना सांसदहरुले सदनमा खेल्नुपर्ने भूमिकाबारे छलफल गर्न दलका नेता केपी शर्मा ओलीले बैठक डाकेका हुन्। सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै नेपाली कांग्रेसले सदन अवरोध जारी राख्ने संकेत गरेको छ। कांग्रेस संसदीय दलको बैठक संसद भवनमा जारी छ।