सुनचाँदीको भाउ महँगियो, सुनको मूल्य प्रति तोला २,३०० बढ्यो, चाँदीको कति पुग्यो ?

बिजमाण्डू
२०८१ बैशाख २८ गते ११:१६ | May 10, 2024
सुनचाँदीको भाउ महँगियो, सुनको मूल्य प्रति तोला २,३०० बढ्यो, चाँदीको कति पुग्यो ?

काठमाडौं। साताको अन्तिम दिन सुनचाँदीको भाउ महँगिएको छ। शुक्रबार सुनको मूल्य प्रति तोला २,३०० र चाँदी ६० रुपैयाँ बढेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको छ। बिहीबार सुन तोलामा ८ सय रुपैयाँ घटेको थियो।

चाँदीको मूल्य तोलामा ६० रुपैयाँले वृद्धि भइ १ हजार ७३५ रुपैयाँ कायम भएको छ। बिहिबार चाँदी प्रति तोला १ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य बढेर प्रतिऔंस २,३५३.४१ डलर पुगेको छ। बिहीबार प्रतिऔंस २,३१४.२७ डलरमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य प्रतिऔंस २८.३८ डलर पुगेको छ।