युनिलिभरले ३०.४६ प्रतिशतले बढायो खुद नाफा, प्रति सेयर आम्दानी २,२०२ रुपैयाँ

बिजमाण्डू
२०८१ बैशाख २८ गते १०:५६ | May 10, 2024
युनिलिभरले ३०.४६ प्रतिशतले बढायो खुद नाफा, प्रति सेयर आम्दानी २,२०२ रुपैयाँ

काठमाडौं। युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढेको छ। कम्पनीले चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा ४८ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME
Nepal Life

यो रकम पोहोर ९ महिनाको तुलनामा ३०.४६ प्रतिशत धेरै हो। कम्पनीले गत वर्ष चैत मसान्तसम्म ३७ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको सञ्चालन आम्दानी १.५२ प्रतिशतले वृद्धि भएको छ। चैतसम्म कम्पनीले १ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

९ करोड २१ लाख रुपैयाँ पुँजी रहेको कम्पनीको प्रति सेयर आम्दानी बढेर २,२०२ रुपैयाँ पुगेको छ। पोहोर चैतमा कम्पनीको प्रति सेयर आम्दानी २,१५२ रुपैयाँ थियो। कम्पनीको प्रति सेयर नेटवर्थ ३,१६२ रुपैयाँ छ।