नागरिक लगानी कोषको खुद नाफा १३.४३ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी २२.१४ रुपैयाँ

बिजमाण्डू
२०८१ बैशाख २८ गते १०:३० | May 10, 2024
नागरिक लगानी कोषको खुद नाफा १३.४३ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी २२.१४ रुपैयाँ

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको ९ महिनामा ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME
Nepal Life

कोषले पोहोर तेस्रो त्रैमासको तुलनामा यस वर्ष १३.४३ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो। गत वर्ष चैतसम्म नागरिक लगानी कोषले ७७ करोड ७९ लाख खुद नाफा कमाएको थियो।

ब्याज र कमिसनबाट हुने आम्दानी बढ्दा खुद नाफामा सुधार देखिएको कोषको वित्तीय विवरणले देखाउँछ। कोषले यस अवधिमा ३५ करोड ३२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ।

कूल आम्दानी १२.३८ प्रतिशतले वृद्धि भएको देखिन्छ। पोहोर ९ महिनामा १ अर्ब २५ करोड कूल आम्दानी गरेको कोषले यस वर्ष सोही अवधिमा १ अर्ब ४१ करोड रुपैयाँ आम्दानी गरेको छ।

हाल कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। जगेडा कोषमा २५ अर्ब ५० करोड रुपैयाँ छ। प्रति सेयर आम्दानी २२.१४ रुपैयाँ छ भने कोषको प्रति सेयर नेटवर्थ १७१.४१ रुपैयाँ छ।