दरबारमार्गबाट ९८ लाख रुपैयाँ सहित दुईजना पक्राउ, हुन्डीको रकम भएको आशंका

बिजमाण्डू
२०८१ बैशाख २८ गते १०:१८ | May 10, 2024
दरबारमार्गबाट ९८ लाख रुपैयाँ सहित दुईजना पक्राउ, हुन्डीको रकम भएको आशंका

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट प्रहरीले स्रोत नखुलेको ९८ लाख रुपैयाँ फेला पारेको छ। रकमसहित प्रहरीले दुईजनालाई पक्राउसमेत गरेको छ।

Tata
GBIME
Nepal Life

काठमाडौं उपत्यका अपराधन अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रकमसहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मिलन विक र समीर सुनुवार रहेका छन्।

९८ लाख रुपैयाँसहित पक्राउ परेकाहरु हुन्डीको कारोबारमा संलग्न व्यक्ति भएको आशंका प्रहरीलाई छ। यो घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

यस घटनाबारे प्रहरीले शुक्रबार बिहान साढे ११ बजे पत्रकार सम्मेलन गर्दै थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।