उड्न लागेको बोइङ विमान रनवे बाहिर चिप्लियो, पाइलटसहित ११ जना घाइते

बिजमाण्डू
२०८१ बैशाख २८ गते ०८:४९ | May 10, 2024
उड्न लागेको बोइङ विमान रनवे बाहिर चिप्लियो, पाइलटसहित ११ जना घाइते
Photo : Gulf News

सेनेगलमा उडानको क्रममा बोइङ विमान रनवे भन्दा बाहिर निस्किँदा ११ जना घाइते भएका छन्। पाइलट पनि सो दुर्घटनामा सामान्य घाइते भएका छन्। दुर्घटना लगत्तै आपत्तकालीन उद्धार टोली परिचालन गरेर यात्रु र चालक दलका सदस्यको रेस्क्यू गरिएको थियो।

Tata
GBIME
Nepal Life

राजधानी दकारको अन्तर्राष्ट्रिय विमानस्थल सो घटनापछि केही समयलाई बन्द गर्नुपरेको थियो। हाल विमानस्थलको सेवा संचालनमा आइसकेको छ।

बोइङ ७३७/३०० विमान एयर सेनेगलको चार्टर्ड उडान थियो जसमा ७८ जना यात्रु सवार थिए। ट्रान्स एयरको सो विमान बकामो जाँदै थियो।

दुर्घटनाको कारण पत्ता लागेको छैन। यद्यपि, बोइङ विमानमा कमजोरीहरुको रिपोर्ट सार्वजनिक भइरहँदा यो दुर्घटना भएको हो। यसबारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्।