दनदन डढेलो : रामेछापको १५५ स्थानमा आगलागी, चार हजार पाँच सय हेक्टर वन नष्ट

बिजमाण्डू
२०८१ बैशाख २८ गते ०८:१० | May 10, 2024
दनदन डढेलो : रामेछापको १५५ स्थानमा आगलागी, चार हजार पाँच सय हेक्टर वन नष्ट

काठमाडौं । एक महिनामा रामेछाप जिल्लाको ८ वटा स्थानीय तहका १५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ।

Tata
GBIME
Nepal Life

सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ। उक्त कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट १५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ।

धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु पनि प्रभावित भएका छन्। यो वर्ष डढेलोमा परी जिल्लाका दुईजनाले ज्यान गुमाइसकेका छन्।

यसैबीच, स्थानीय प्रशासनले वनमा आगो नलागाउन तथा त्यसबाट हुने क्षतिबारे सर्वसाधारणलाई अवगत गराएको छ। वनमा आयो लगाएमा फौजदारी अभियोगअन्तर्गत कारबाही हुने भएकाले वन र वन्यजन्तु संरक्षणतर्फ सचेत हुन आग्रह गरिएको छ।