मुम्बईपछि पञ्जाब प्लेअफको होडबाट बाहिरियो, लगातार चौथो जित निकालेको बेङ्ग्लोरलाई राहत

बिजमाण्डू
२०८१ बैशाख २८ गते ०६:४७ | May 10, 2024
मुम्बईपछि पञ्जाब प्लेअफको होडबाट बाहिरियो, लगातार चौथो जित निकालेको बेङ्ग्लोरलाई राहत
ब्याटिङमा बेङ्ग्लोरका विराट कोहली। तस्बिर : आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ होडबाट पञ्जाब किंग्स बाहिरिएको छ। गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरसँग ६० रनको पराजय ब्यहोरेसँग पञ्जाब प्लेअफको होडबाट बाहिरिने दोस्रो टोली बनेको हो। यसअघि मुम्बई इण्डियन्स प्लेअफको होडबाट बाहिरिएको थियो।

Tata
GBIME
Nepal Life

धर्मशाला क्रिकेट मैदानमा पञ्जाबले टस जितेर फिल्डिङ रोजेको थियो। सुरुवाती ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २४१ रन बनायो। बेङ्ग्लोरका लागि ओपनर विराट कोहलीले सर्वाधिक ९२ रन बनाउँदा रजत पतिदारले ५५, क्यामरुन ग्रिनले ४६ तथा दिनेश कार्तिकले १८ रनको योगदान दिए।

बलिङतर्फ पञ्जाबका हर्षल पटेलले ३ विकेट लिँदा विद्वत कविरप्पाले २ तथा अस्रदीप सिंह र साम करनले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जाब १८१ रनमा समेटियो। पञ्जाबका लागि रिले रोसोउले ६१ रन बनाउँदा सशांक सिंहले ३७, जोन्नी बेयरस्टोले २७ तथा साम करनले २२ रन बनाए।

पञ्जाबलाई लक्ष्यसम्म पुग्न नदिन मोहम्मद सिराजले ३ विकेट लिँदा स्वप्निल सिंह, लोकि फर्ग्युसन र कर्ण शर्माले समान २ विकेट लिए।

हारसँगै पञ्जाव प्लेअफ होडबाट बाहिरिँदा बेङ्ग्लोरलाई भने राहत मिलेको छ। १२ खेलबाट १० अंक बनाउँदै बेङ्ग्लोर अंकतालिकाको सातौँ स्थानमा छ।   

आईपीएलमा आज गुजरात टाइटन्स र चेन्नइ सुपर किंग्स अहमदाबादमा पौने ८ बजे भिड्नेछन्।