वीरगंजको घण्टाघरमा एनसेलको नयाँ सेन्टर, सिम खरिददेखि सबै प्रकारका कर्पोरेट सेवा पाइने

बिजमाण्डू
२०८१ बैशाख २७ गते १९:४२ | May 9, 2024
वीरगंजको घण्टाघरमा एनसेलको नयाँ सेन्टर, सिम खरिददेखि सबै प्रकारका कर्पोरेट सेवा पाइने

काठमाडौं। एनसेलले वीरगंजको घण्टाघर (शिव आँखा अस्पताल नजिक) नयाँ सेन्टर संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

एनसेलको अपरेसनका चिफ अफ स्टाफ स्टेफन रोड्रिगेजले बिहीबार नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका छन्। यो सेन्टरबाट ग्राहकहरुले सबै ग्राहक सेवा प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ।

नयाँ एनसेल सेन्टरबाट उपभोक्ताहरुले एनसेलका सेवासुविधा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन्।

यसैगरी ग्राहकहरुले सेन्टरबाट आफ्नो सिमकार्ड फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन, भौतिक सिमलाई इ-सिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्न, ब्यालेन्स रिचार्ज तथा ट्रान्सफरको सेवा पाउने एनसेलले जनाएको छ। 

‘सधै हामीले गर्ने सबै कार्यहरुमा हामी हाम्रा ग्राहकहरुलाई केन्द्र राख्छौं र ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत रही हाम्रा ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्न पाएकोमा हामी खुसी छौं,’ रोड्रिगेजले भने।

एनसेलको अपरेसनका चिफ अफ स्टाफ स्टेफन रोड्रिगेज

नयाँ सेन्टरको उद्घाटनको अवसरमा सेन्टरबाट १०० रुपैयाँ र योभन्दा बढीको रिचार्ज गर्ने हरेक ग्राहकलाई एनसेलले विभिन्न उपहार प्रदान पनि गर्नेछ।  

आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन सेन्टरबाट ग्राहकहरुले सेवा पाउने कम्पनीले जनाएको छ। एनसेलले देशका विभिन्न स्थानमा ३४ वटा एनसेल सेन्टरहरु संचालन गरिरहेको छ।