जोशी र ढकाल एआईजीमा बढुवा, समाज कल्याण परिषद्‍मा माझी, भाषा आयोगमा को?

बिजमाण्डू
२०८१ बैशाख २७ गते १८:४३ | May 9, 2024
जोशी र ढकाल एआईजीमा बढुवा, समाज कल्याण परिषद्‍मा माझी, भाषा आयोगमा को?
मन्त्रिपरिषद् बैठक। तस्वीर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौं। सरकारले प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी र भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।

Tata
GBIME
Nepal Life

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गरेको हो। प्रहरीमा एआईजीको २ पद वैशाख पहिलो सातादेखि खालि थियो। एआईजी सन्दीप भण्डारीले वैशाख ५ र मिरा चौधरीले वैशाख ७ मा अवकाश पाएका थिए।

उनीहरुले अवकाश पाउनु केही दिनअघि जोशी र ढकाललाई बढुवा गर्न सिफारिस गरिएको थियो।

मन्त्रिपरिषद् बैठकले समाज कल्याण परिषद्को उपाध्यक्षमा सुनसरीका नन्दलाल माझी र भाषा आयोगको सदस्यमा काठमाडौंका सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।