राइटपाथले वैशाख २९ देखि एजुकेसन कन्क्लेभ गर्दै, आइइएलटीएस शुल्कमा छुट

बिजमाण्डू
२०८१ बैशाख २७ गते १७:५७ | May 9, 2024
राइटपाथले वैशाख २९ देखि एजुकेसन कन्क्लेभ गर्दै, आइइएलटीएस शुल्कमा छुट

काठमाडौं। पुतलीसडकमा रहेको शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले वैशाख २९ गतेदेखि जेठ ८ गतेससम्म ग्राण्ड एजुकेसन कन्क्लेभ आयोजना गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

विगतका वर्षहरुमा पनि संस्थाले यसकिसिमका कार्यक्रम गर्दै आएको थियो। शनिबारदेखि हुने कन्क्लेभ काठमाडौंबाट सुरु भएर देशका मुख्य सहरहरुमा पुग्नेछ। वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौंडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र ८ गते ललितपुरमा पुगेर समापन हुने कम्पनीले जनाएको छ।

कम्पनीले कन्क्लेभलक्षित अफरसमेत सार्वजनिक गरेको छ। एप्लिकेसन प्रोसेसिङमा शतप्रतिशत अफर पाइनुका साथै सिनेमाको नि:शुल्क टिकट तथा गिफ्ट ह्याम्पर पाइने कम्पनीले जनाएको छ।

यस्तै, अमेरिकालक्षित २५ हजारसम्मको स्कलरसीप अफरदेखि ६ हजार शुल्क लाग्ने आइइएलटीएस जम्मा २०८१ रुपौयाँमै पढ्न पाइने व्यवस्था गरिएको छ। २० भन्दा धेरै विदेशी विश्वविद्यालयका प्रतिनिधिहरुलाई विद्यार्थीहरुले कन्क्लेभमा भेट्न सक्ने कम्पनीले जनाएको छ।

राइटपाथका प्रमुख कार्यकारी अधिकृत फिलिप्स डिसीले कन्क्लेभ आयोजना गर्नुको मुख्य उद्देश्य नै विदेशी विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीहरुले प्रत्यक्ष भेटेर सत्यतथ्य जानकारी लिऊन् भन्ने रहेको बताए।

‘विद्यार्थीहरुको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्दत पुर्‍याउँछ। विद्यार्थीहरुलाई परीक्षापछिको समय खेर फाल्न नपरोस् भन्ने उद्देश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परीक्षा सकाएका धेरै विद्यार्थीहरुका लागि यो कार्यक्रम लाभदायी हुन्छ,’ उनले भने।

कम्पनीले अफर जेठ ८ गतेसम्म मान्य हुने जनाएको छ।