प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चार किल्ला तोक्ने प्रस्ताव मन्त्रालयमा अड्कियो

बिजमाण्डू
२०८१ बैशाख २७ गते १७:५२ | May 9, 2024
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चार किल्ला तोक्ने प्रस्ताव मन्त्रालयमा अड्कियो

काठमाडौं। प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चार किल्ला तोक्ने प्रस्ताव पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अड्किएको छ।

Tata
GBIME
Nepal Life

सरकारले विमानस्थल निर्माणको काम अगाडि बढाउने निर्णय गरे अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले २ महिनाअघि नै प्रस्ताव पठाएकामा मन्त्रालयले अड्काएपछि चार किल्ला तोक्ने काम अलपत्र परेको छ।

‘हामीले चार किल्ला तोक्ने क्षेत्र यकिन गरी २ महिनाअघि नै मन्त्रालयमा प्रस्ताव पठाएका थियौं। तर मन्त्रालयले मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेको छैन,’ क्यानका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘मन्त्रालयबाट रोकिनुको कारणबारे कुनै जानकारी आएको छैन।’

चार किल्ला तोक्ने काम अलपत्र पर्दा सरकारले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन दिएर निजगढ विमानस्थल निर्माण गराउन चाहेको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेलाई नै टीआईएको व्यवस्थापन गर्न दिने परियोजना तयार गरी लगानी सम्मेलनमा सोकेस गरिएको थियो। यो परियोजनामा तीन चरणमा गरी पौने ९ खर्ब रुपैयाँ खर्च हुने अनुमान छ।