
काठमाडौं। बीवाईडीका ५० युनिट गाडी ग्राहकलाई एकैदिन डेलिभरी गरिएको छ। बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आइतबार गुहेश्वरीस्थित नयाँ सर्भिस सेन्टरबाट ५० युनिट गाडी डेलिभरी गरेको हो।
कम्पनीले बीवाईडीको एटो ३ र डल्फिन गाडी डेलिभरी गरेको हो। कम्पनीले एकैदिन यति धेरै गाडी बिक्री गरेको यो पहिलो पटक भएको बताएको छ।
कम्पनीले रोड राइड सर्भिस प्रदान गर्न रोड साइड असिस्टेन्स (आरएसए) पनि सुरु गरेको छ। यसका लागि कम्पनीले बीवाईडी ई सिक्स संचालनमा ल्याएको छ। यस अन्तर्गत ग्राहकलाई आवश्यकता अनुसार सडकमै गएर सर्भिस दिइन्छ।



‘सर्भिस सेन्टरबाट ५० गाडी डेलिभरी गरेर तथा ७ वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेइकलको रुपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको छ,’ साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकारले भने।