बीवाइडीको टोलीले गर्‍यो नेपाली बजारको अध्ययन, ‘व्यापारलाई तीब्रता दिन प्रतिबद्ध छौं’

बिजमाण्डू
२०८१ बैशाख २७ गते १७:०५ | May 9, 2024
बीवाइडीको टोलीले गर्‍यो नेपाली बजारको अध्ययन, ‘व्यापारलाई तीब्रता दिन प्रतिबद्ध छौं’
बीवाइडीका एसिया प्यासिफिक अटो सेल्स डिभिजन महाप्रबन्धकसहित सोरुममा

काठमाडौं। विद्युतीय गाडी उत्पादक कम्पनी बीवाइडीले नेपालमा आफ्नो बजार स्थितिबारे अध्ययन गरेको छ। बीवाइडीले एसिया प्यासिफिक अटो सेल्स डिभिजन महाप्रबन्धक लिउ जुलियाङको नेतृत्वमा नेपालमा आफ्नो बजारबारे अध्ययन गरेको हो।

Tata
GBIME
Nepal Life

जुलियाङको टोलीमा बीवाइडीका यात्रुवाहक सवारी कार्यालय निर्देशक ज्याभी वाङ, उत्पादन प्रबन्धक कैसी के, कानुनी
प्रबन्धक र डेपुटी महाप्रबन्धक केत्सु झाङ सहभागी थिए। तीन दिनसम्म नेपालमा रहेको टोलीले बीवाइडीका नक्साल र पुल्चोकस्थित सोरुम तथा गुहेश्वरीस्थित सर्भिस सेन्टर अवलोकन गरेको थियो।

महाप्रबन्धक जुलियाङले नेपालमा तीब्ररुपमा व्यापार बढाउन प्रतिबद्ध रहेको बताएको बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले जनाएको छ। बीवाइडी अहिले नेपालमा रुचाइएको इभी हो।