राष्ट्रिय बीमा कम्पनीको खुद नाफा २४.७८% घट्यो, प्रति सेयर आम्दानी १९३.६५ रुपैयाँ

बिजमाण्डू
२०८१ बैशाख २७ गते १०:२७ | May 9, 2024
राष्ट्रिय बीमा कम्पनीको खुद नाफा २४.७८% घट्यो, प्रति सेयर आम्दानी १९३.६५ रुपैयाँ

काठमाडौं। राष्ट्रिय बीमा कम्पनीको खुद नाफा आर्जन घटेको छ। कम्पनीले चालु आर्थिक वर्ष ९ महिनामा ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME
Nepal Life

पोहोर ९ महिनाको तुलनामा यो रकम २४.७८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

प्रिमियम संकलन र लगानीबाट हुने आम्दानीमा गिरावट आउँदा कम्पनीको खुद नाफामा असर परेको हो।

गत वर्ष चैतसम्म २७ करोड ६१ लाख ६१ लाख खुद प्रिमियम संकलन गरेकोमा यस वर्ष ६३.२० प्रतिशतले घटेर १० करोड १६ लाख रुपैयाँमा सीमित भएको छ।

लगानीबाट हुने आम्दानी १०.२९ प्रतिशतले घटेको छ। कम्पनीले पोहोर चैतसम्म ७६ करोड ९ लाख रुपैयाँ लगानीबाट आम्दानी गरेकोमा यस वर्ष ६८ करोड २६ लाखमा झरेको छ।

कम्पनीको हाल चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ छ। प्रति सेयर आम्दानी १९३.६५ रुपैयाँ र प्रति सेयर नेटवर्थ १,६११.२९ रुपैयाँ छ।