शीर्षस्थानको राजस्थानलाई १ रनले हराएर चौथो स्थानमा हैदराबाद, आज मुम्बई र कोलकाता भिड्ने

बिजमाण्डू
२०८१ बैशाख २१ गते ०७:२९ | May 3, 2024
शीर्षस्थानको राजस्थानलाई १ रनले हराएर चौथो स्थानमा हैदराबाद, आज मुम्बई र कोलकाता भिड्ने
राजस्थानविरुद्धको खेलमा विकेट सेलिब्रेट गर्दै राजस्थानका खेलाडी। तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादले शीर्षस्थानको राजस्थान रोयल्सलाई हराएको छ। हैदराबादस्थित राजीव गान्धी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले राजस्थानमाथि १ रनको रोमाञ्चक जित निकालेको हो।

Tata
GBIME
Nepal Life

टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनाएको थियो। हैदराबादका लागि ओपनर ट्राभिस हेडले ५८ तथा अभिषेक शर्माले १२ रन बनाउँदा अनमोल प्रीतसिंहले ५ रन बनाए। हैदराबादका लागि सर्वाधिक रन बनाएका नितिश कुमार रेड्डी ४२ बलमा ७६ रनमा अविजित रहँदा हेनरिच क्लासेन ४२ रनमा अविजित रहे।

बलिङतर्फ राजस्थानका अभेष खानले २ विकेट लिँदा सन्दीप शर्माले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थान लक्ष्यमा पुग्न २ रनले चुक्यो। उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनायो। अन्तिम ओभरमा राजस्थानलाई १३ रन चाहिएकोमा भुवनेश्वर कुमारको कसिलो बलिङ गर्दा राजस्थान ११ रनमात्र बनाउन सफल भयो। यसक्रममा उनले अन्तिम बलमा रोमन पवेलको विकेट लिए।

त्यसअघि राजस्थानका रियान परागले ७७ रन बनाउँदा यशस्वी जसवालले ६७ तथा रोभमन पवेलले २७ र सिमरन हेटमायरले १३ रनको योगदान दिउका थिए।

बलिङतर्फ हैदराबादका भुवेश्वरले ३ विकेट लिँदा प्याट कमिङ्स र टी नटराजनले समान २ विकेट लिए।

हारका बावजुत १० खेलबाट १६ रन बनाएको राजस्थान शीर्षस्थानमा कायम छ। हैदराबाद भने समान खेलबाट १२ अंक बताउँदै तालिकाको चौथो स्थानमा छ। दोस्रो र तेस्रो स्थानका कोलकाता र लखनउको पनि समान १२ अंक छ। आईपीएलमा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स भिड्दैछन्। खेल वानखेडे स्टेडियममा साँझ पौने ८ बजे सुरु हुनेछ।