कप्तान चेजको उत्कृष्ट अर्धशतकमा नेपाललाई २ सय ५ रनको विशाल लक्ष्य

बिजमाण्डू
२०८१ बैशाख १५ गते १४:१३ | Apr 27, 2024
कप्तान चेजको उत्कृष्ट अर्धशतकमा नेपाललाई २ सय ५ रनको विशाल लक्ष्य
नेपालविरुद्ध ब्याटिङमा वेस्ट इण्डिज 'ए' का खेलाडी। तस्बिर: क्यान

काठमाडौं। वेस्ट इण्डिज ‘ए’ ले नेपालसामू विशाल स्कोर खडा गरेको छ। पाँच खेलको टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इण्डिजले २०४ रनको विशाल स्कोर खडा गरेको हो।

Tata
GBIME
Nepal Life
टसका क्रममा नेपाल र वेस्ट इण्डिज ‘ए’ का कप्तान। तस्बिर: क्यान

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्याल क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेको थिए। सुरुवाती ब्याटिङ गरेको वेस्ट इण्डिज ‘ए’ले ५ विकेट गुमाउँदै २०४ रन बनाएको हो।

पहिलो ओभरमै कमल सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले जोन्सन चार्सलाई डकआउट गराएका थिए। त्यस्तै दोस्रो विकेटका रुपमा १३ रन बनाएका आन्द्रे फ्लेचर ३.३ ओभरमा रन आउट हुन पुगे।

विकेट सेलिब्रेट गर्दै नेपालका खेलाडी। तस्बिर: क्यान

वेस्ट इण्डिजका लागि सर्वाधिक रन रोस्टन चेजले बनाए। उनले ४६ बलमा ७४ रन बनाउँदा केसी कार्टीले ३८ तथा एलिक अथानाजीले ४७ रन बनाए।

बलिङतर्फ नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनास बोहराले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।